लामाचौर कप भलिबल: पुरुषतर्फ गण्डकीलाई हराउँदै गलकोट तेस्रो
पाेखरा | भदौ २१, २०८१
पोखरा: गण्डकी प्रदेश भलिबल संघलाई ट्राभल इन्क्वाइरी गलकोटले सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
पोखराको लामाचौरमा जारी भलिबल प्रतियोगितामा तेस्रो स्थानको लागि भएको पुरुष तर्फको खेलमा ट्राभल इन्क्वाइरी गलकोटले गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
शुक्रबार भएको खेलमा गण्डकी प्रदेश भलिबल संघलाई २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ट्राभल इन्क्वाइरी गलकोटले तेस्रो स्थान हासिल गरेको हो ।
तेस्रो भएको ट्राभल इन्क्वाइरी गलकोटले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै महिलातर्फ गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट एभरेष्टले २५–१५ को जित निकाल्यो । दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–१७ को जित निकालेको हो ।
तेस्रो बनेको एभरेष्टले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
महिलातर्फ उपाधि भिडन्तमा टिपटप न्यु डायमण्ड युथ स्पोर्टस् क्बल र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्नेछन् । यस्तै पुरुषतर्फ उपाधिका लागि विभागीय दुई क्लब नेपाल पुलिस र एपिएफ भिड्नेछन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

